नेपालमा पछिल्लो थप ९८० जना कोरोना भाइरस संक्रमित

काठमाडौँ, नेपालमा पछिल्लो थप ९८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ ।

पछिल्लो थप १ हजार ८१४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६३ प्रतिशत संक्रमित निको भएका छन् ।