दाङमा स्वरुप परिवर्तन गरेर एक हप्ता लकडाउन थपियो
प्रकासित मिति : २०७७ भाद्र २१, आईतवार १६:०४
प्रकासित समय : १६:०४
दाङ, स्वरुप परिवर्तन गरेर दाङमा लकडाउन थप गरिएको छ ।लक डाउन २८ गतेसम्म रहने जिल्ला प्रहरीकार्यालय दाङका प्रमुख गनेश चन्दले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले बिहान ५ बजेदेखि १२ बजेसम्म बजार खोल्ने, निजी सवारी साधन जोरबिचारमा चलाउने र सार्वजनिक सवारीसाधन संचालन गर्न नपाईने निर्णय गरेको छ ।संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन थप गरिएको समितिले जानकारी दिएको छ ।