प्रेमिका केशरी को आत्महत्या,प्रेमि प्रकाश माथि निर्घात कुटपिट

अछाम, अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षीय प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ । प्रेमिका केशरी रावलले आत्महत्या गरिसकेकी छिन् । प्रकाश टमाटालाई केटि पक्षका आफन्तले मर्नुन बाँच्नु हुनेगरी कुटपिट गरेका छन । प्रकाशलाई तल्लो जातको उपमा लगाएर नानाथरी गालिगलौज गर्दै कुुटपिट गरीएको हो ।

प्रकाशले मेरो गल्ति भए सजाय भोग्न तयार छु । भन्दाभन्दै पनि विभिन्न औजार हरु प्रयोग गरेर उनलाई कुटिएको थियो । यस्तै हर्कत सहन नसकेर केशरी रावलले प्रेमकै निम्ति आफ्नो प्राण त्यागिसकेकि छन । सोहि बिषयमा कुशे न्युजसंगको कुराकानिमा प्रकाश टमट्टा यसो भन्छन ।

कसरी झागियो प्रकाश र केशरीको सम्बन्ध (जस्ताको त्यस्तै)

केशरि र मेरो सम्बन्ध ६ कक्षा पढ्ने देखि नै थियो ।हामि एकदमै नजिक थियौ ।हामिलाई भदौ ११ गते केशरि का आमा वुवाले हामिलाई समाते ।म त्यहा वाट भागे ।उसका आमावुवा वुढा थिए ।म भागेर तल्लो घरको घर लगाउने काम थियो म त्यहा काठ ल्याउन गए ।मैले मेरो दुईजना साथिलाई गाउको अवस्था वुझ्न पठाए ।उनिहरुले मान्छे टन्न भेला भएको खवर सुनाए ।अनि मैले त्यसो भए म माथि हातपात नगर्लान भनेर सोचेको थिय ।म त्यहा गए तर तिनिहरु लट्ठि ल्याएर आईहाले ।अनि त्यसपछि म भागिहाले ।तिनिहरु मलाई समात्न सक्दैनथ तर म केशरि लाई मारिदिन्छन कि भनेर रोकिए ।मलाई समाते पहिले वासको स्याट्का ले हिर्काय ,घंघारुको काडासहित को लट्ठि ले पिटे ,पाईप समेत ले पनि हिर्काए ।हामिलाई नपिट ,यदि मेरो गल्ति भएछ भने म सजाए भोग्छु केशरि लाई एकछिन भएपनि वोलाउ भनेर मैले भने तर उनिहरु ले वोलाएनन् ।त साले डुम ,कामी ,हाम्रो मल वोक्ने मान्छे ,रावलको घरमा पसेर केशरिसग वस्ने साहस कसरी गरिस भने अनि मेरो कपाल समातेर घाटिमा हसिया समेत राखे ।सवैले त्यसो नगर भनेपछि मलाई घरमा ल्याए घरमा ल्याएर पनि धेरै पिटे ।न केशरिलाई सोधे न मलाई वोल्न दिए ।हाम्रो प्रेम सम्बन्ध वसेको २ वा ३ वर्ष जति भयो ।छाउपडि को घरमा वस्ने मान्छे,त जस्ता डुम त कति मार्यौ ,कति कुट्यौ भन्दै अझै पिटियो ।मलाई धेरै चोट लागेको छ ।मलम र औषधि सगै छ ।मलम लगाउछु सुत्दाखेरि श्वास समेत फेर्न गार्‍हो हुन्छ ।मलाई होस हुदा सम्म मलाई पिट्ने ५ जना थिए वेहोस भएपछि थाहा भएन ।

वडाअध्यक्ष चक्र रावल यो विषयमा यसो बताउछन

उहाहरु दुवैको घर करिव ५ मिनेट को दुरि मात्र फरक छ ।प्रेमसम्वन्ध कारण ६र७ कक्षा देखि नै केटिको घरमा वस्दै आएको सुन्न पाईयो ।यसको कुनै संकेत देखिदैन ।गाउका आफ्नै साथिहरु आएपछि डराएर भाग्दा काडाको झारि तिर पस्दा काडाले चिथोरेको छ ।अलि अलि चोट समेत लागेको छ ।घरभित्र किन पसेको भनेर सोध्दा स्वयम् केटा पक्ष का आफन्त ले पैसा सापटी माग्न गएको वताएका छन ।अहिले मिडिया सवै कुरा वंग्याएर प्रचार गरिएको छ ।विवाह भएको भएपनि अन्तरजातिय सम्बन्ध को कुरा उठेको पनि मान्न सकिन्थ्यो ।त्यो पनि छैन ।अहिले सम्म म पनि घटनास्थलमा गएको छैन।मैले सुन्नमा पाएको हु ।केशरि ले आत्महत्या गरेपछि डराएर पछि वोलेको देखिन्छ ।केशरि अलि सन्कि थिई ।कहिले कालापानी त कहिले दिदिको घर जान्थि ।आमावुवालाई समेत गालि गर्थि ।उसका आमावुवाले भनेका छन ।तर आत्महत्याको कारण भने पत्ता लागेको छैन ।प्रेम।सम्बन्ध को कारण भए त किटानि मुद्दा हुन्थ्यो ।केही पनि तथ्य नभएपछि पोस्टमार्टम गरेर दाहासंस्कार गरिएको छ ।अन्तरजातको विषय मा प्रचार गरिएको कुरा सरासर झुट हो ।

प्रहरी यसो भन्छ

वास्तविक घटनाबारे आफूलाई जानकारी नगराइएको अछाम प्रहरी प्रमुख डि एस पि लाल वहादुर थापाले बताए । जिल्ला प्रहरी कार्यालयमा खबर गर्दा झुन्डिएको अवस्थामा शव फेला परेको र मुचुल्का गरिदिन आग्रह गरिएको थियो । प्रहरीले पनि सोहीअनुसार काम गर्‍यो । घटनाबारे कुनै उजुरी परेको पनि थिएन ।
‘हामीलाई वास्तविक घटनाका बारेमा केही बताइएको थिएन । यसबारे अन्य गाउँलेले पनि केही खबर गरेनन् । हामीलाई थाहा नै भएन । मृतकका दाइले बहिनीको मानसिक अवस्था ठीक थिएन भनेर उजुरी दिएपछि हामीले पोस्टमार्टमका लागि अनुमति दियौं ।’

‘हामीले १६ गते मात्र अन्तरजातीय प्रेम सम्बन्धका कारण घटना भएको हुन सक्ने हल्ला सुनेका छौं । यसअघि थाहा थिएन । यस विषयमा उजुरीसमेत परेको छैन,’ यदि मिडिया मा आए जस्तो घटना हो भने दोषि लाई कानुन सम्मत कार्वाहि गरिने र दोषि कुनै पनि हालतमा नउम्किने उनले बताए ।