नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका पराजित

सन्दीपले १ विकेट लिए

एजेन्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट सीपीएलमा बार्बाडोस ट्राइडेण्ट्ससंग पराजय ब्यहोर्नु परेको थियो ।गएराति भएको खेलमा जमैका बार्बाडोससँग ७ विकेटले पराजित भएको हो ।खेलमा सुरुवाती ब्याटिङ गरेको जमैकाले १ सय ६२ रनको लक्ष्य दिएको छ ।

लक्ष्य पछ्याएको बार्बाडोसले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।बार्बाडोसको जितमा कप्तान जसन होल्डरले ६९ रन बनाए । जोनाथन कार्टर ४२ र मिचेल स्याटनर ३५ रनमा अविजित रहे ।सन्दीपले किफायती बलिङ गरे । उनले ४ ओभरमा २६ रन खर्चिएर १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

ओपनर चमेली ब्ल्याकउडले ७४ रन बनाउँदै जमैकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।आन्द्रे रसेलले ५४ रनको अर्धसतकीय ईनिङ्स खेल्दै जमैकालाई उच्च योगतर्फ अघि बढाएका थिए ।