चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

चितवन, चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको आज आइतबार विहान ८ः०३ बजे भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

यससँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ ।