वातावरणीय प्रभाव मुल्यांकनका लागि राप्ती गाउँपालिकालाई राय सुझाव पत्र पेश
दाङ, वातावरणीय प्रभाव मुल्यांकनका लागि ८ बुदे राय सुझाबपत्र राप्ती नदी तथा पर्यवरण संरक्षण समिति भालुवाङ देउखुरी दाङले राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा बुझाएको छ । देउखुरी उपत्यका स्तरिय गठित राप्ती नदी तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष टोपबहादुर कार्की र सचिव होमप्रसाद शर्माले उक्त राय सुझाबपत्र गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई बुझाएको हो ।
समितिका अध्यक्ष टोपबहादुर कार्की र सचिव होमप्रसाद शर्माको संयुक्त दस्तखत रहेको उक्त राय सुझाबमा भनिएको छ, राप्ती नदीको प्राकृतिक रुपमा वहने जलाधारलाई परिवर्तन हुने प्रकारले कुनै पनि नदीजन्य पदार्थ उत्खनन् संकलन गर्न नहुने जलचर प्राणीको अस्तित्व संकटमा पर्ने गरी पारिस्थितिकिय प्राणाली ईको सिस्टम मा कुनै प्रकारको असर हुन नहुने सम्बेदनशिल चुरे क्षेत्रको देउखुरी उपत्यकामा बग्ने राप्ती नदी र खहरेखोला तथा सहायक नदीहरुमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, वालुवा० उत्खनन् संकलनका लागि हेवि मेसिनहरु डोजर, स्काभेटर, जेसिभि प्रयोग गर्न नहुने राप्ती नदी र सहायक नदीहरुद्धारा सिंचित देउखुरी उपत्यका राष्ट्रकै उर्वराभुमिको रुपमा रहेको र ठुलो खेतियोग्य फाँट भएकाले यस प्रकारका नदीजन्य पदार्थ ढुंगा, गिट्टी, वालुवा० जथाभावी उत्खनन् संकलन गर्दा सिंचाईमा ठुलो नकारात्मक असर परेकोले यस फाटको दीर्घकालिन संरक्षण र सिंचाई योग्य बनाईराख्न स्थानिय सरकारको गम्भिर ध्यान जानुपर्ने सुझाब दिएको छ ।
त्यस्तै समितिले अप्राकृतिक र अबैज्ञानिक रुपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, वालुवा० जथाभावी उत्खनन् संकलन गर्दा नदीको सतह भासिन गई पानीका मुहानहरु सुक्ने, नदी पत्तालिने, कुलो तथा नहरमा पानी नचढी फाटहरु बाझोहुने, भु–क्ष्य हुने, वन जंगल मासिने र बन्यजन्तु तथा चराचुरुंगी र मानवजगतलाई दीर्घकालिन रुपमा ठुलो असर पुगी सिंगो पर्यावरण खलवलिने प्रकारका कार्य गर्न नहुने लगाएतका विषय राय सुझावपत्रमा उल्लेख गरिएको छ ।
राप्ती गाउँपालिकाको कार्यालय मसुरिया देउखुरी दाङले नयाँ युगबोध दैनिक पत्रिकामा गत भाद्र १७ गते सार्वजनिक सुचना मार्फत गाउँपालिकाको वडा नं १, २, ३, ५, ६ र ७ तथा भुल्के खोलाबाट नदीजन्य पदार्थ ढुंगा गिट्टी वालुवा लगायतका नदीजन्य पदार्थ संकलन तथा उत्खनन् गर्ने प्रयोजनका लागि प्रारम्भिक वातावरणिय परिक्षण ९आई।ई।ई० गर्ने सम्बन्धि राय सुझावका लागि ७ दिने सुचना आवहान गरेको थियो । राप्ती नदी तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष टोपबहादुर कार्की, सचिव होमप्रसाद शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई कार्यकक्षमै भेटी सो राय सुझावपत्र पेश गरेको छ ।