बलिउड अभिनेत्री कंगनालाई धम्की आएको खुलासा

नयाँदिल्ली, बलिउड अभिनेत्री कंगना रनोट सुशान्त सिंह राजपुतको मृत्युबारे अभिव्यक्ति दिएपछि विवादित बन्दैआएकी छन् ।राजपुतको आत्महत्याको दिनदेखि नै उनले आत्महत्या नभएर त्यो हत्या भएको भन्दैआएकी थिइन् ।

पछिल्लो समय उनले आफूलाई धम्की आएको बताएकी छन् । पछिल्लो पटक शिव सेनाका नेता सञ्जय राउतले उनलाई मुम्बइ नफर्कने धम्की दिएका थिए ।सञ्जयले फेरि उनलाई घृणायुक्त गाली गर्न थालेका छन् । कंगनाले आफूमाथि सञ्जयले व्यक्तिगत गालीगलौज गर्न थालेको बताएकी छन् । सञ्जयले कंगनालाई उनको बाबु र उनकै निजी मामिला जोडेर गालीगलौज गरेको बुझिएको छ । कंगनालाई उनले ‘हरामखोर’ भन्दै गालीगलौज दिएका थिए ।सञ्जयले कंगनाको पक्षमा बोल्ने पत्रकार र बलिउडकर्मीलाई समेत गाली गर्न थालेका छन् ।

भिडियो सन्देश दिँदै सञ्जयले कंगनाको ‘भाग्य’ शिव सेनाले मात्रै नभएर हरेक मानिसले तय गरिसकेको चेतावनी दिएका थिए । यसलाई कंगनाले ज्यान मार्ने धम्कीको रुपमा बुझेकी छन् । यसअघि सञ्जयले कंगनालाई मुम्बइ नफर्कन चेतावनी दिएका थिए ।