नेत्रविक्रम चन्द विप्लव समूहका नेता शर्मा ‘विरही’अस्पतालबाटै पक्राउ

चितवन, नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने, “अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं ।”जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पु¥याइएको छ ।

धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए।नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज गएका थिए ।सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पु¥याएको थियो ।

नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।