नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। १ हजार ५६६ जना संक्रमण मुक्त भएका छन् ।