डिउटिमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु
प्रकासित मिति : २०७७ भाद्र २०, शनिबार १२:१९
प्रकासित समय : १२:१९
धनगढी कञ्चनपुरमा राति डियुटीमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ।
डडेल्धुरा अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।गएराति १२ बजेतिर ५ नम्वर पोष्टमा डुयुटीमा खटिएको अवस्था ती जवान बेहोस भएका थिए।
उपचारकै क्रममा शनिबार बिहान ५ः५० मा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।