समाजसेवाको अग्रपंक्तिमा रहेका देउखुरी लमहीका श्रेष्ठ दम्पतीले गरे निलसागरलाई खाद्यान्न सहयोग

दाङ, समाजसेवाका अग्रपंक्तिमा रहेका दाङ देउखुरी लमही नगरपालिका ५ लमही निवासी रत्नप्रसाद श्रेष्ठ दम्पतीले दाङ देउखुरीमा रहेको एक आश्रममा खाद्यान्न सहयोग गरेका छन् । सवैका प्यारा मनकारी, दयालु तथा सहयोगी स्वभाव रहेका श्रेष्ठ दम्पतीले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष समेत रहेका रत्नप्रसाद श्रेष्ठ दम्पतीले कोरोना भाइरसको संक्रमण रोक्न दाङ जिल्लाले गरेको लकडाउनका कारण आश्रममा खाद्यान्नको अभाव हुन नदिन ३ बोरा चामल,५ केजी दाल , २ पोका तेल, ३ पोका नुन र १ सय पिस मास्क प्रदान गरेका छन् । निलसागर सेवा आश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको खाद्यान्न सहयोग कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले मानव भएर जन्मेपछि मानवताको भावनाको स्मरण निलसागर सेवा आश्रमका अध्यक्ष प्रकाश विष्टले दिलाएको बताएका छन् ।

साथै उनले सडकबाट उद्वार गरि ल्याएका सडक मानवको सेवा गर्दै आएकोमा निलसागर संस्था र अध्यक्ष विष्टलाई धन्यवाद समेत दिएका थिए । निलसागरका अध्यक्ष विष्टले सामाजिक कार्य गर्दै आइरहनु भएको र आश्रमलाई सम्झेर सहयोग प्रदान गरेकोमा सहयोगी श्रेष्ठ दम्पतीलाई धन्यवाद व्यक्त गरेका थिए । खाद्यान्न सहयोग कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, धर्मपत्नी अन्जु श्रेष्ठ , देउखुरी बहुमुखी क्याम्पसका अध्यक्ष गणेश चौधरी, सिसहनियाँ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, पत्रकारहरू दशरथ घिमिरे, ओमप्रकाश गुप्ता, शिवु खनाल र शिवराज खनाल लगायतको सहभागी रहेको थियो । हाल आश्रममा ३२ जना असाहाय,अशक्त तथा जेष्ठ नागरिकहरू रहेको आश्रमले जानकारी दिएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधी देखि हाल सम्म अलपत्र यात्रुलाई गन्तव्यमा पठाउने, खाना खुवाउने, सडकमा हिड्ने बटुवा तथा पत्रकार,स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै आइरहेका छन् । सामाजिक अभियानमा अहोरात्र खट्ने श्रेष्ठ पछिल्लो समय सहयोगी मन लिएर समाजमा खटिरहेका छन् ।