भावुक संघर्षका ३ मुक्तक
प्रकासित मिति : २०७७ भाद्र २०, शनिबार १०:३३
प्रकासित समय : १०:३३
१.
उखान टुक्का सुनायौं, सत्ता पचायौं ।
कुर्सीमै बस्यौं कमिशन र भत्ता पचायौं ।
सुकुम्बासी र उत्पिडितका समस्याहरु,
नारा बनाई सयौं बिघा र कट्ठा पचायौं ।
२.
जल्न सक्छ तिम्रो उपहार जल्न सक्छ ।
साथै तिमि बस्ने बालुवाटार जल्न सक्छ ।
भुँइमान्छे लाई सम्बोधन गर्दै भनेँ पछि,
पुनः पनि त्यो सिंहदरबार जल्न सक्छ ।
३.
शोषित, पीडित सर्बहारा हो उठ्नुपर्छ ।
मुक्ति पथ मा फेरि पनि जुट्नुपर्छ ।
अधुरा छ यात्रा तिम्रो अपुरा छन स्वप्नाहरु,
क्रान्तिप्रेमी एकजुट भइ बैरिहरु छुट्नुपर्छ ।