सीमा विवादपछि भारत र चीनका रक्षामन्त्रीबीच वार्ता
प्रकासित मिति : २०७७ भाद्र २०, शनिबार ०७:५०
प्रकासित समय : ०७:५०
एजेन्सी, भारत र चीनका सेनाबीच लद्दाखमा भएको पछिल्लो झडपपछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ ।रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राति २ घण्टा २० मिनेट वार्ता भएको हो ।
वार्तामा पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा आसपास भएको तनाव साम्य पार्ने विषयमा छलफल भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । चिनियाँ रक्षामन्त्री विई फिङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको यो वार्तापछि सीमा क्षेत्रमा दुई देशका सेनाबीच बढेको तनाव कम हुने अपेक्षा गरिएको छ ।
पछिल्लो पटक ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ ।