काठमाडौं उपत्यकामा थपिए ४०८ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र २०, शनिबार १६:३६
प्रकासित समय : १६:३६
काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं ४०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना संक्रमित थपिएका छन् ।
आज (शनिबार) देशभर संक्रमण पुष्टि भएका १,०४१ जनामध्ये काठमाडौं उपत्यकाका ४०८ जना हुन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ ।
आज (शनिबार) काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १,५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन् ।