विप्लव नेकपाद्धारा स्वर्गीय नेता शाहीप्रति श्रद्धाञ्जली

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माअोवादी आन्दोलनका पुराना नेता स्व. राम बहादुर शाही’कुबेर’ प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।शुक्रबार पार्टीले शोक वक्तव्य जारी गरेर माअोवादी आन्दोनका पुराना नेता स्वर्गीय शाही प्रति श्रद्धाञ्जली ब्यक्त गरेको हो ।

पार्टीका बाँके जिल्ला सेक्रेटरी सुनिल सिँह द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’सिङ्गो समाज परिवर्तनका निम्ती क्रान्तिकारी जनताले संचालन गरेको दश वर्षे महाँन जनयुद्धमा सिङ्गो पार्टी आन्दोलनम महत्वपुर्ण योगदान पुर्याउनु भएका नेता शाहीको मृत्युले पार्टीलाई निकै दु:खिद र स्तबध बनाएको जनाएको छ ।’

साथै उहाँको निधनले कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति हुन पुगेको छ । यस दुःखद घडीमा कमरेड स्व.क.राम बहादुर शार्ही कुबेर’ प्रति हाम्रो गौरवशाली पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा लेखिएको छ ।’

स्वगर्गिय शाही दैलेखको माअोवादी आन्दोलना पुराना र इमानदार नेता मध्यक हुन् । उनले दश बर्षे जनयुद्धको समयमा प्रत्यक्ष सहभागीया जनाई स्वास्थ जस्तो सम्बेदनशिल क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नुको साथै सिङ्गो आन्दोलनमा क्रियासिल रहदै आउनुभएको थियो ।

शान्तिनप्रकिया पछिको समय देखिनै ६३ बर्षिय शाही कलेजो सम्बन्धी रोगवाट ग्रसित हुनुहुन्थ्यो । शाहीको विहिवार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारकै कर्ममा निधन भएको हो । उनको शुक्रबार राप्ती नदिमा लगेर अन्त्यष्टि गरिएको छ ।

यस्तो छ विज्ञप्ति