निजामती कर्मचारी युनियन संघद्वारा स्थापना दिवसको अवसरमा मास्क तथा सेनिटाइजर वितरण

नेपालगन्ज, नेपाल निजामती कर्मचारी युनियन संघ बाँकेद्वारा मास्क तथा सेनीटाइजर वितरण गरिएको छ ।आफ्नो स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्माचारी युनियन(संघ))ले नेपालगन्जको ह्वाइट हाउस होटलमा रहेको क्वारेन्टाइनका लागि मास्क तथा सेनिटाइजर वितरण गरिएको हो ।

संघका कार्यबाहक अध्यक्ष नगेन्द्र बहादुर शाही र संघका केन्द्रिय सदस्य नारायण लम्साल लगायत अन्य पदाधिकारीहरुको उपस्थितमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा सहसंयोजक जागेश्वर बस्नेतलाई मास्क तथा सेटिटाइजर हस्तान्तरण गरेका हुन् ।

कोभिड-१९ को महामारीको कारण देशनै थलिएको बेला क्वारेन्टाइनमा बसेकाहरूको सामान्य सहजताका लागि मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिको संघका कार्यबाहक अध्यक्ष शाहीले बताए ।