सडक मर्मत भन्दै धमाधम काटिए सडक छेउछाउका रुख
सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत भित्रका भित्रि सडकको मर्मतको कार्य धमाधम अघि बढाइएको छ । लकडाउनले थलिएको सडक मर्मतको कार्य लकडाउन पश्चात तत्काल सुरु गरिएको जस्तो देखिन्छ । विरेन्द्रनगर स्थित सिवालयचोकदेखि सुरु गरिएको मर्मतको कार्य, नेपाल टेलीकम हुदै मुख्यमंत्री कार्यलय नजिकका सडकहरु मर्मत भइरहेका छन ।
तर सडक मर्मतको काम समयमा सम्पन्न नहुदा सर्बसाधारणलाई हिडडुल गर्न निकै सास्ती भएको छ । सडक छेउछाउका रुखहरु धमाधम काटिदैछन । सयौ बर्षको मेहेनतका साथ हुर्कियका ति रुखहरु फाँडियका छन । के रुखहरु काटिसकेपछि कर्णालीबासीले सहजरुपमा यात्रा गर्न पाउछन ? सायद पाउदैनन् होला ? किनकि कर्णाली प्रदेशको राजधानीका सडकको हालत बषौँदेखि यहाँका जनताले हेर्दै आएका छन ।
बिरेनद्रनगर नगरपालिकाका स्थानियबासी यसो वताउछन मर्मतको नाममा सडक छेउछाउका रुखहरु धमाधम कटान गरेर अझै सास्ती निम्ताएका छन । काम सम्पन्न हुने त के हो के ? भौतिक पुर्वाधार विकास मन्त्रालयलद्धारा संचालित मर्मत गर्ने जिम्मा लिएको स्याम एण्ड संकर कस्ट्रक्सनले अहिले धमाधम रुख कटान गरीरहेको छ । यस विषयमा भौतिक पुर्वाधार विकास मन्त्रालयले काम छिटै सम्पन्न भएर, सर्वसाधारणले छिटै सहजताको सास फेर्न पाउने दाबी गरेकाे छ ।
केही समय पहिला कुसेन्युजले यहि सडककाे बिषयमा समाचार तयार गरेकाे थियाे र सो विषयमा नगरपालिका तथा सडक विभागलाई पनि ध्यानकर्षन गराएका थियौ । याे पनि पढनुस कर्णाली प्रदेशको राजधानीको कन्तबिजोग : सरकार छ सडक छैन्