बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)
पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।
मौसमका कारण घटनास्थलमा गत बिहिबार जान सक्ने अवस्था नभएको भन्दै हेलिकप्टरबाट पोखरा फर्किएका थिए ।बागलुङको ढोरपाटन नगरपालिको वडा नं ७, ८ र ९ का क्षेत्रमा बाढीका कारण ठुलो संख्यामा मानबिय क्षति र भौतिक क्षति भएको छ ।
पहिरोको स्थलगत निरीक्षण र क्षतिको अवस्था बुझ्न गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ पुगेका हुन । सुकुर्दुङस्थित भुजी खोलाको बाढीले १३ घर बगाएको हो ।
बाढीले जलविद्युत आयोजना, सडक, विद्यालय, पुलमा पनि क्षति पुर्याएको छ ।
फोटो सौजन्यःनेता देवेन्द्र पौडेलको फेसबुकबाट