कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु
बुटवल, रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत वृद्धा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया वृद्धाको शुक्रवार बिहान ८ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती वृद्धा भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।यस्तै, सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टिनमै बसेका ती पुरुषको शुक्रबार मृत्यु भएको हो ।बुटवल, रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत वृद्धा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया वृद्धाको शुक्रवार बिहान ८ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।ती वृद्धा भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन् । उपचारको क्रममा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
यस्तै, सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टिनमै बसेका ती पुरुषको शुक्रबार मृत्यु भएको हो ।