अर्थमन्त्री खतिवडाद्धारा पदबाट राजीनामा
काठमाडौं ,अर्थमन्त्री यूवराज खतिवडाले पदबाट राजीनामा दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएका हुन ।
बिहिबार सत्तारुढ नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेपछि खतिवडाको अर्थमन्त्रीमा पुन दोहोरिने बाटो बन्द भएको हो ।उनी आजैदखि सिंहदरबारबाट बाहिरिँदैछन् । खतिवडाको कार्यकाल भोलिसम्म रहने भएता पनि भोलि शनिबार परेकाले उनले अर्थमन्त्रीका रुपमा काम गर्न पाउने आज अन्तिम दिन हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पनि मन्त्रिपरिषद् बैठक जारी छ ।नेकपाभित्र अन्य मन्त्रीमण्डल समेत पुर्नगठन हुने चर्चा छ ।
जसको लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र पुष्पकमल दाहालबीच यसबारे कुराकानी समेत भइसकेको छ ।यद्यवी नयां मन्त्रीहरुमा क–कस्लाई ल्याउने र पुराना कस्लाई बिदाइ गर्ने भन्ने बारे भने नाम सार्वजानिक भइसकेको छैन । अर्थमन्त्री खतिवडाले राजीनामा दिइसकेपछि अव अर्थमन्त्रीमा को आउंला भन्ने जिज्ञासा समेत बढ्न थालेको छ ।
अर्थमन्त्रीमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र पार्टी महासचिव तथा पुर्वअर्थमन्त्री बिष्णु पौडेललको पनि नाम चर्चामा छ ।