वृद्धको हत्या गरी टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण
धादिङ, धादिङमा एक युवकले वृद्धको हत्या गरेका छन । हत्या गरेको केही समयपछि प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।जिल्लाको नीलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा ६४ वर्षीय सोमबहादुर गुरुङको बिहिबार राति खुर्पाले हानेर हत्या गरी सोही ठाउँका २३ वर्षीय राजु परियारले आत्मसमर्पण गरेका हुन् ।
हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।ती युवक डेढ घण्टा पैदल यात्रा गरेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
सामान्य विवादको क्रममा ती युवकले आवेगमा आएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।घटनालगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।