करेन्ट लागेर मकवानपुर एक युवकको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १९, शुक्रबार १२:३९
प्रकासित समय : १२:३९
हेटौंडा, घरको पङ्खा चलाउने तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर युवकको मृत्यु भएको छ । मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।