निलसागर सेवाआश्रमलाई फलफुल दिएर पत्रकार गुप्ताले मनाए आफ्नो जन्म दिन
दाङ ,समाजका हरेक व्यक्तिले अाफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् ।
कसैले केक काटेर, कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर अाफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर दाङ देउखुरीका एक पत्रकारले भने अाफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक/सम्पादक सन्तोषकुमार गुप्ताले अाफ्नो ३१ अाैँ जन्म दिनमा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई पहिलोपटक फलफुल दिएर मनाएका छन् ।
विश्व व्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि पत्रकार गुप्ताले अाश्रममा रहेका बुवाअामाहरूका लागि केरा र अम्बा लगायतका फलफुल प्रदान गरेका हुन् । फलफुल प्रदान गर्दै पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीको सेवामा केही सहयोग गर्न सके पुण्य प्राप्त हुने बताएका छन् ।
साथै उनले अाफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् । यस्तै निलसागरका अध्यक्ष प्रकाश विष्टले जन्म दिनमा थोरै भएपनि फलफुल दिएर सहयोग गरेकोमा अाभार प्रकट गर्दै जन्म दिनको शुभकामना दिएका छन् ।
त्यसै गरि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले पनि जन्म दिनको शुभकामना दिएका छन् । उनले शुभकामना संदेशमा पत्रकारिता क्षेत्रमा अझ निखारता अावस भन्ने कामना समेत गरेका छन् । यता देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले पत्रिका,अनलाइन र युटुव च्यानलको निरन्तरताको कामना गर्दै जन्म दिनको शुभकामना व्यक्त गरेका छन् ।