चन्द्रागिरीमा करेन्ट लागेर युवकको मृत्यु ।

काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा १४ स्थित नयां नैकापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २९–३० बर्षीय सुरेन्द्र महर्जन रहेको एक स्थानीयले जानकारी दिए । नैकाप फुटबल ग्राउण्ट नजिकै रहेको चन्द्रागिरी स्पोर्ट क्लबले स्थानीयको विरोधका बामजुद पनि क्लबले भवन निर्माण गरेपछि स्थानीयहरुले रोक्ने प्रयास गरेका थिए ।

                                                                                  मृतक सुरेन्द्र महर्जन

सोही क्रममा आज शुक्रबार बिहान उक्त निर्माण कार्य रोक्न गएका ति युवकको भवन संगै रहेको बिजुलीको तारमा ठोक्एिपछि करेन्ट लागेर अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले कुसे न्यूजलाई बताए । अहिले प्रहरी आइ घटनास्थल र घटनाबारे अनुसन्धान भइरहेको थानकोट प्रहरी वृतका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बताए । हाल सार्वजानिक जग्गामा रहेको उक्त भवनमा पहिला सार्वजानिक सौचालय रहेको र अहिले त्यही सौचालय भवनमा माथिल्लाे तला थप्ने बिषयमा केही समय अघिदेखि नै स्थानीयले सचेत गराए पनि क्लबले नटेरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार हाल उक्त क्लबका अध्यक्ष कृष्णहरी बस्नेत चन्द्रागिरी वडा नम्बर १४ का वडा अध्यक्ष रामहरी बस्नेतका आफ्नै भतिज रहेकाले पनि शक्तीको आंडमा जर्वजस्ती गर्न खोजेको स्थानीयको दावी छ । यसबारे हामीले वडा अध्यक्ष रामहरी बस्नेतको २ वटा नम्बरमा सम्पर्क प्रयास गरेपनि उनी सम्पर्कमा आएनन । भवनको तला थप्ने बिषयमा विवाद भएपछि चन्द्रागिरी नगरपालिका कार्यलयले पनि उक्त काम रोक्न पत्र समेत पठाइसकेका थिए ।

 

तर क्लबका अध्यक्ष बस्नेतले शत्तिको आंडमा स्थानीयको भनाइ नै नसुनी काम अगाडी बढाइएको ति स्थानीयले बताए ।स्थानीय स्रोतका अनुसार वडा अध्यक्ष बस्नेतले लकडाउन अवधीमा आफ्नो घरमा तास खेलाउने गरेको समेत बताएका छन ।हाल तला थपिएको भवन र बिजुलीको पोल नजिकै र बिजुली तार छुने गरी निर्माण गरिएको छ । यसले भविष्यमा समेत यस्ता दुर्घटना हुन सक्ने भन्दै स्थानीयले काम तत्काल रोक्न माग गरेका छन ।