चितवनमा थप ७४ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र १९, शुक्रबार ११:२३
प्रकासित समय : ११:२३
चितवन, चितवनमा थप ७४ जनामा कोरोना भाइरस स.क्रमित भएका छन ।
भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् ।
यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन् । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।