रुपन्देहीका कोरोना संक्रमित एक पुरुषको घरभित्रै मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १९, शुक्रबार १३:०९
प्रकासित समय : १३:०९
बुटवल, रुपन्देहीमा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यलयका अनुसार मिर्गौलाले काम नगरेपछि चितवनमा डायलसीस गरेर फर्केका उनको बिहान ८ बजे मृत्यु भएको हो । योसँगै रुपन्देहीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । शुक्रबार मात्रै ३ जनाको मृत्यु भएको छ ।