यस्तो अवस्थामा मात्र पाउनुहुनेछ कोरोना बीमाको भुक्तानी
प्रकासित मिति : २०७७ भाद्र १९, शुक्रबार १६:०२
प्रकासित समय : १६:०२
काठमाडौं , तपाईंले कोरोना बीमा गर्नुभएको छ र कोरोना पोजेटिभ भएर भुक्तानी दाबी गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् ।
पछिल्लो केही समययता सरकारी अस्पतालको ल्याबमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ र निजी ल्याबको रिपोर्ट पोजेटिभ आएसँगै निजी ल्याबबाट परीक्षण गर्नेले रिपोर्ट पोजेटिभ आएपनि कोरोना बीमा दाबी भुक्तानी नपाउने भएका छन् ।
अब बीमा दावी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । अर्थात्, सरकारी निकायबाट पुष्टि भएको कागज उल्लेख भएको हुनुपर्नेछ । बीमा समितिले कोरोना बिमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दावी भुक्तानी नदिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।