८८ वर्षका बृद्धले जिते कोरोना, बाँकेमा २४ जना डिस्चार्ज
नेपालगन्ज, बाँके ८८ वर्षका बृद्धले कोरोना जितेका छन् । बाँकेको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय बृद्ध बिन्दा प्रसाद कुर्मी बिहीबार कोरोना जितेर घर फर्किएका हुन ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालमै पहिलो पटक ८८ वर्षका व्यक्तिले कोरोना जितेको पहिलो घट्ना हो । खजुरास्थित क्षेत्रीय कृषि तालिम केन्द्र खजुरा खाइसोलेसनमा रहनुभएका बृद्ध बर्माले डिस्चार्ज हुने क्रममा जडिबुडिको प्रयोगले कोरोनसंगको लडाईमा कोरोना पराजित भएको प्रतिक्रिया दिए ।
बर्मा कोरोना संक्रमण पुष्टि भएपछि लट्ठको सहारामा गाडीमा चढेर आइसोलेसनमा जानुभएको थियो । तर बिहिबार डिस्चार्ज हुने बेला उहाँ पहिलेको भन्दा स्वास्थ्य देखिएको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले बताए ।
डिस्चार्ज भएका उनिसहितलाई स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले खादा ओढाउँदै बिदाई गरेका थिए । बर्मालाई भाद्र ४ गते संक्रमण पुष्टि भएको थियो । उनिसंगै बिहीबार बाँकेमा २४ जना डिस्जार्च भएका छन् । कृषि तालिम केन्द्रबाट मात्रै २ महिलासहित ५ जना डिस्चार्ज भएका छन् ।

