रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष घुससहित पक्राउ

रुपन्देह , रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेय घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहीबार आफ्नो नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाण फेला परेपछि नियन्त्रणमा लिएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।पाण्डेयले सेवाग्राहीलाई सहकारीबाट अनुदान रकम उपलब्ध गराउनका लागि सहजीकरण गरिदिएको भनेर घुस लिएको अख्तियारको उक्त कार्यालयले जनाएको छ ।‘

उहाँले अनुदान दिलाउन सहयोग गरेको भनेर ४५ हजार रुपैयाँ घुस रकम सेवाग्राहीसँग माग गर्नु भएको रहेछ’ भुसालले भने, ‘त्यसमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा हामीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’ यस बारेमा थप अनुसन्धान र छानबिन जारी रहेको भुसालले जनाए ।