कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्रीका सुरक्षा गार्डसहित ५ जना कोरोना संक्रमित
सुर्खेत , कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका सुरक्षा गार्डसहित मन्त्रालयका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भण्डारीको सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मीसहित पाँच जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मन्त्रालयका पाँचजनामा संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले जानकारी दिए ।रोकायका अनुसार दुईजना मन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एकजना सवारी चालक, एकजना मन्त्रालयको गेटमा कार्यरत सुरक्षाकर्मी र एकजना कार्यालय सहयोगी रहेका छन् ।
कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण पृष्टि मन्त्री भण्डारीसहित अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।मन्त्रालयका सुरक्षाकर्मी, सवारी चालक, कार्यालय सहयोगी र कर्मचारीसहित २० जनाको पीसीआर परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सूचना अधिकारी रोकायले बताए ।कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण पृष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।