रहेनन् जनयुद्धका एक इमानदार कर्तव्यनिष्ट नेता शाही
प्रकासित मिति : २०७७ भाद्र १८, बिहीबार १६:०१
प्रकासित समय : १६:०१
नेपालगन्ज, बाँके नेपाल कम्युनिष्ट पार्टी माओवादीद्धारा सञ्चालित जनयुद्धका एक इमानदार कर्तव्यनिष्ठ नेता रामबहादुर शाही कुबेरको निधन भएकाे छ । बिहीवार बिहान उपचारकै क्रममा काेहलपुर शिक्षण अस्पतालमा निधन भएको हो ।
दैलेखका शाही जनयुद्धका क्रममा राजनीतिक कार्यकर्ता साथै एक स्वास्थ्यकर्मीका रुपमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । शाही विगत लामो समयदेखि कलेजो सम्बन्धि रोगबाट पिडीत थिए ।
६३ बर्षिय शाहीको उपचारकै क्रममा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निधन भएको पारीवारीक श्रोतले जानकारी दिएको छ ।
राम बहादुर शाही दैलेखबाट बसाई सराई गरि लामो समय देखि कोहलपुर ११ मा बसोवास गदै आएका थिए । शाहीकी छाेरी गिता शाही नेकपा बाँकेकी महिला नेतृ समेत हुन ।