रथ तान्ने युवाहरु र प्रहरीबीच झडप
प्रकासित मिति : २०७७ भाद्र १८, बिहीबार १४:२६
प्रकासित समय : १४:२६
काठमाडौं, रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच झडप भएको छ ।
उपत्यका प्रशासनले गरेको निषेधाज्ञा उल्लंघन गर्दै युवाहरुले बिहिबार ११ बजेपछि जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्याएका थिए।प्रहरीले भिडलाई हटाउन पानीको फोहोरा छाडेका छन्।
सयौंको संख्यामा जम्मा भएका युवाहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि प्रहरीमाथि युवाहरुले ढुंगामुढा गरेका छन् ।सो क्षेत्रमा अहिले सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।