राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङतर्फ

काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ लागेका छन्।

मन्त्री थापासहितको टोली राहत सामग्री लिएर बागलुङ प्रस्थान गरेको हो। गृहमन्त्रीको साथमा बागलुङका सांसद देवेन्द्र पौडेल पनि छन्।

बाढीपहिरोमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म १० जनाको शव भेटिएको छ। बागलुङका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीले अहिलेसम्म १० जनाको शव भेटिएको बताएका छन्।