पर्सा, बारा र रौतहटमा थपिए ११० कोरोना संक्रमित

पर्सा, वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको ५७६ स्वाब टेष्टमध्ये ११० जनामा कोरोना संक्रमित देखिएको छ।  संक्रमित हुनेमा सबैभन्दा बढी पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना छन्।

नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साको वीरगन्ज महानगरपालिकाका ४९ जना, पर्सागढी नगरपालिकाका ७ जना, बहुदरमाई नगरपालिकाका ५ जना, कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकाका ४/४ जना संक्रमित भएका छन्।

वीरगन्ज महानगरमा संक्रमितमध्ये वडा नम्बर ८ मा ७ जना, वडा नम्बर ११, १३, २१ मा ४/४ जना, त्यसैगरी वडा नम्बर १० मा ३ जना, वडा नम्बर १६, १५, १७ मा २/२ जना र वडा नम्बर १२, १८, ४ मा १/१ जना संक्रमित थपिएका छन्।

त्यसैगरी रौतहटको यमुना गाउँपालिकाको वडा नम्बर ३ मा १७ जना कोरोना संक्रमित थपिएका छन्। बाराको कलैया उपमहानगरपालिकामा २४ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ।