नेपालमा थप १,२२८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२,८७७
प्रकासित मिति : २०७७ भाद्र १८, बिहीबार १६:३६
प्रकासित समय : १६:३६
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १,२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १,२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ जना पुगेको छ ।
आज (बिहीबार) काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका छन् । देशभर ७७४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन् ।