ढोरपाटन बाढी–पहिरो अपडेट : चारको शव भेटियो, १७ बेपत्तामध्ये १३ को परिचय खुल्यो

बागलुङ, बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढीले कम्तिमा १० घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ ।

अझै १३ जना मानिस बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । उक्त बाढीमा परेर अझै एक दर्जन बढी वेपत्ता भएका छन् ।

राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको उनले जानकारी दिए। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार अहिले पनि उद्धारको काम भइरहेको छ। बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको उनले बताए ।