कोरोनाबाट थप ६ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २५७

काठमाडौँ,नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। ९१७ जना संक्रमण मुक्त भएका छन् ।