काठमाडौं उपत्यकामा फेरि थपिए ४४५ कोरोना संक्रमित

काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

बुधबार मात्र काठमाडौँ उपत्यकामा ३८८ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। ९१७ जना संक्रमण मुक्त भएका छन् ।