पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्बी फिर्ता लिन अखिल क्रान्तिकारीको माग
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बी फिर्ता लिन माग गरेको छ । इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै गम्भिर आपत्ति जनाएको हो ।संगठनको केन्द्रीय समितिको तर्फवाट अध्यक्ष चिरन्जीवी ढकालले बुधबार बेलुका एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मुल्य बढाउने निर्णयप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।
अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना संक्रमण र त्यसपछि निर्विकल्परुपमा ओलि सरकारद्वारा लादिएको निरन्तर बन्दाबन्दी र निषेधाज्ञाले जनताको दैनिक जिवन धान्न समेत ज्यादै कठिन रहेको समयमा गरिएको मुल्य वृद्धिको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौँ । आफ्ना जनताको कमजोर अवस्थाको हेक्का नै नराखी केवल भारतियहरुले पठाएको पत्र देखाउँदै मुल्य वृद्धि गर्नुले भ्रष्टाचारमा चुर्लुम्म डुबेको ओलि सरकार एउटा नैतिकहिन व्यापारीको स्तरमा गिर्न पुगेको कुरा छर्लङ्ग भएको छ।’
साथै अध्यक्ष ढकालले सरकारले गरेको मुल्य वृद्धिको निर्णय तत्काल फिर्ता लिन ओलि सरकारलाई चेतावनी दिएका छन् । साथै उनले जनताको विरुद्ध अनेकौं षड्यन्त्रमा तल्लिन रहेको भ्रष्ट, नैतिकहिन र जनमारा दलाल संसदीय शासन व्यवस्था अन्त्यको लागि संघर्ष गर्न सम्पूर्ण युवा बिद्यार्थीहरुमा अपिल गरेका छन् ।
सरकारले मंगलबार पेट्रोलमा प्रतिलिटर २ रूपैंयाँ मूल्यवृद्धि गरेको थियो। अहिले पेट्रोलको प्रतिलिटर मूल्य १०७ छ।
इण्डियन आयल कर्पेरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य बढाइएको निगमको भनाई छ।
यस्तो छ विज्ञप्ति