अछाममा श्रीमानद्धारा श्रीमतीको हत्या

अछाम अछाममा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा बस्ने ५२ बर्षिया दिपक बहादुर कुवरले आफ्नै श्रीमती ४६ बर्षिय धना देवी कुवरलाई हसिया घाटिमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आज दिउसो १२ बजेको समयमा गोठालो गएका बेला घरायसी विवादका कारण हसियाले घाँटीमा प्रहार गरि मारेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी रमेश दत्त अवस्थिले बताए ।

हत्या गर्ने कुवर प्रहरीको नियन्त्रणमा रहेको र लाश जाँच लगायतको थप अनुसन्धान प्रहरीले सरु गरिसकेको बताएको छ ।