कर्णालीमा थपिए ९५ जना कोरोना भाइरस संक्रमित

सुर्खेत , कर्णालीका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा जुम्लाका ३७ , सुर्खेतका १७ , कालिकोट २१, दैलेख ,जाजरकोट र अन्य जिल्लाका गरी १८ जना थप कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

योसंगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ५ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट निको भई घर फर्कनेको संख्या ६ रहेको महाशाखाले जनाएको छ ।