कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १७, बुधबार १६:४४
प्रकासित समय : १६:४४
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्युपुष्टि हुनेमा ६ जना महिला र ६ पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।