उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र १७, बुधबार १६:३८
प्रकासित समय : १६:३८
काठमाडौँ , काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमिण थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार मात्र काठमाडौँ उपत्यकामा ४८१ जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।