नेपालमा एकैदिन थपिए १ हजार १२० कोरोना संक्रमित
प्रकासित मिति : २०७७ भाद्र १७, बुधबार १६:३०
प्रकासित समय : १६:३०
काठमाडौँ , नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३२० जना महिला र जना ८०० पुरुष गरी १ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।