उपत्यकामा अझै एक हप्ता कर्फ्यु गर्नुपर्ने मेयरहरुको सुझाव

काठमाडौं, काठमाडौं उपत्यका नगरपालिका फोरमले संक्रमण रोकथाम र नियन्त्रणका लागि कम्तिमा एक हप्ता कर्फ्यु आदेश नै जारी गरेर निषेध आदेश कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।बुधबार भर्चुअल बैठक गरेर यस्तो निष्कर्ष निकालेको हो।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले एक साता कर्फ्यु आदेश नै जारी गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको बताए।यो बीचमा लागू गरिएको निषेध आदेश कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङमा प्रभावकारी भएको भन्दै थप कडाइ गरेर दायरा बढाउनुपर्ने फोरमले जनाएको छ।

३ भदौ मध्य रातदेखि लागू भएको निषेध आदेश आज राति १२ बजेबाट सकिँदैछ। यसलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गरेर जाने भन्ने विषयमा आजै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गर्नेछन्।