जापानी प्रधानमन्त्री आबेद्धारा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन
काठमाडौं, स्वास्थ्यका कारण पदबाट राजीनामा घोषणा गरेका जापानी प्रधानमन्त्री सिन्जो आबेले नेपालका प्रधानमन्त्री केपी शर्माओलीलाई धन्यावाद दिएका छन ।बुधबार बिहान ट्वीट गर्दै जापानी प्रधानमन्त्री आबेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मार्फत धन्यवाद दिएका हुन । उनले आगामी दिनमा नेपाल-जापन सम्बन्ध थप विकसित हुने समेत बताएका छन् ।आबेले चार दिनअघि आफ्नो स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीबाट राजीनामा घोषणा गरेका थिए।
उक्त समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।’तपाईं बिरामी भएको सुनेर दुःख लाग्यो। प्रधानमन्त्री आबे तपाईंको शीघ्र स्वास्थ्यलाभ र सु स्वास्थ्यको कामना गर्दछु। तपाईंको बहुआयामिक नेतृत्वबाट नेपाल-जापन सम्बन्धमा धेरै फाइदा भएको छ,’ ओलीले ट्वीट गर्दै भनेका थिए।उक्त ट्वीटलाई रिट्वीट गर्दै आबेले लेखेका छन ९ तपाईंका आत्मीय शब्दका लागि धन्यवाद प्रधानमन्त्री ओली। नेपाल-जापनको पुरानो सम्बन्ध आगामी दिनमा अझै विकसित हुनेछ भन्ने मेरो आशा छ।
६५ वर्षीय प्रधानमन्त्री आबेले स्वास्थ्यका कारण कार्यकाल सकिनु एक वर्षअगावै गत शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका थिए ।उनले पदबाट राजीनामा दिएपछि विश्वभरका नेताहरूले प्रधानमन्त्री आबेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।