दाङमा कोरोना रिपोर्ट गाउँपालिकाका स्वास्थ्य संयोजक देखि पत्रकारलाई सुचना पाउनै मुस्किल

दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई पनि आज बुधबार आफ्नो गाउँपालिकाको कोरोना परिक्षणको रिपोर्ट लिन निकै सास्ती खेप्नु पर्यो । गत भदौ १३ गते गाउँपालिकाको विभिन्न वडाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पठाईएको थियो । त्यसको रिपोर्ट आज दिउँसो आएन पनि सिंधै प्रतिष्ठानबाट रिपोर्ट लिन नपाएपछि निकै मेहन्त र भनसुनको अधारमा रिपोर्ट लिनु परेको बताए ।

यो त एउटा उदाहरण मात्र हो । यसले गर्दा सम्बन्धि गाउँपालिकालाई समेत कोरोना परिक्षणको रिपोर्ट लिन निकै सास्ती खेप्नु बताउँछन् ।यस्तै भदौ १५ गते जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले करिब साँझको ८ बजेको समयमा आफ्नो फेसबुकमा एउटा स्टाटस् लेखे । जुन स्टाटसमा भनिएको थियो प्रतिष्ठानबाट आज कुनै अपडेट पाउन सकिएन । उनले भन्न खोजेका थिए कोरोना परिक्षणको रिपोर्जटको जानकारी स्वास्थ्य कार्यालयलमा प्राप्त हुन सकेन ।कोरोना परिक्षण गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अघिल्लो दिनसम्म जिल्ला स्वास्थ्य कार्याललाई छिटो जानकारी दिन नसके पनि जेनतेन साँझको समयमा कोरोना परिक्षणको रिपोर्ट दिने गरेको थियो । तर त्यस दिन प्रतिष्ठानले स्वास्थ्य कार्यालयलाई कुनै अपडेट बनाएन । त्यस्तै अघिल्लो दिनसम्म प्रतिष्ठानले आफ्नो फेसबुक पेजबाट पनि ढिलै गरेर जानकारी दिने गरेको थियो र सञ्चारमाध्यमले त्यसैको आधारमा सूचना लिने गरेका थिए ।

तर सोही दिन देखियता फेसबुकमा पनि जानकारी बनाउने गरेको छैन भने सम्बन्धित ब्यक्तिको फोन उठ्ने गरेको छैन ।जसले गर्दा सञ्चार माध्यमलाई सूचना संकलन गर्न नै सकस भएको छ भने नागरिकहरु छिटो सूचना पाउनबाट बञ्चित हुनु परेको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई समेत सूचना प्राप्त हुन नसकेपछि सञ्चारमाध्यमलाई सही सूचना दिन निकै सकसको अवस्था सिर्जना भएको छ । महामारीको रुपमा फैलिएको कोरोना रिर्पोटको आधिकारीक जानकारी दिने जिल्ला स्वास्थ्य कार्यालयमा समेत सूचना नहुँदा नागरिकले सही सूचना पाउन सकेका छैनन् ।

यसरी गर्छ कपिलवस्तुको जिल्ला स्वास्थ्य कार्यालयले कोरोना परिक्षण रिपोट्को सार्वजनिक
सूचनाको हक सम्बन्धी ऐन २०६४ ले सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने भनिएको छ । तर दाङमा नागरिकलाई त परै छ महामारी जस्तो सम्बेदनशिल कोरोना सम्बन्धी रोगको सञ्चार माध्यमले समेत सूचना पाउन सक्ने आवस्था छैन । १५ गतेको त एक उदाहरण मात्र हो । यस अघि पनि जिल्लामा आधिकारीक सूचना पाउन सकस हुने गरेको थियो ।

 

विवादित छवि बनाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना महामारीको समयमा पनि नागरिकले सूचना पाउने अधिकारमाथि खेलवाड गरेको छ भने अन्य सम्बन्धित निकाय समेत मूकदर्शक बन्ने गरेका छन् । यसैको परिणाम भदौ १६ गते अर्थात हिजो संचारमाध्यममा दाङको फरक(फरक सूचना प्रकाशन हुँदा नागरिक अन्योलमा परेका छन् ।सम्बन्धित पालिकाबाट संकलित स्वाब परिक्षणका लागि पठाइएको स्वाबको नतिजा प्रतिष्ठानले अहिले केन्द्रमा पठाउने गरेको छ । र नतिजाको बारेमा सम्बन्धित पालिकालाई समेत जानकारी नगराउँदा कोरोनाको नतिजा के भएको हो रु भन्ने बारे एकिन गर्न मुस्किल हुने गरेको छ ।

 

समयमै सही, तथ्य र विश्वसनीय सूचना प्रवाह गरेर समुदायस्तरबाट संकलन गरिएका स्वाबको नतिजा दिएर कोरोना रोकथाम गर्न सहयोग गर्नुुपर्नेमा ढिलो गरी दिएको सूचनाको कुनै अर्थ रहँदैन ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परिक्षण गर्ने र त्यसको नतिजा सम्बन्धित पालिका वा संस्थालाई नदिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्रै नतिजा पठाउन शुरु गरिएपछि भएको अन्यौलले सूचना संकलनमा पनि संचारमाध्यमलाई समस्या थपिएको छ ।यस सम्बन्धमा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले मन्त्रालयको निर्देशन बमोजिम काम गरिएको बताउँछन् । उनले केन्द्र सरकारले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउने र त्यहीँबाट कोरोनाको नतिजा थाहा हुने बताए ।

प्रतिष्ठानका रजिष्ट्रार प्याकुरेलले केन्द्रलाई पठाएको विवरणको जानकारी सम्बन्धित पालिका वा संस्थालाई दिन नमिल्ने समेत प्रष्ट पारेका छन् । उनले केन्द्रमा मात्र पठाउने भनिरहँदा यता कोरोना परिक्षण गर्दै आएको बाँकेको भेरी अस्पतालले भने दैनिक जानकारी दिने गरेको छ । अन्य जिल्लाका स्वास्थ्य कार्यालय समेत छिटो सूचना दिने गरेका छन् । दाङमा भने यस्तो हुन सकेको छैन ।

यसरी गर्छ भेरी अस्पतालले सूचना प्रकाशन 
हिजो दाङमा १७ जनामा कोरोना संक्रमण भएको पाइएको छ । जसमा भेरी अस्पताल बाँकेमा ५ जना र अपुष्ट समाचार अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १२ जनामा कोरोना देखिएको हो । तर स्वास्थ्य कार्यालयले तुलसीपुरका ५ र घोराहीका १ जना गरी ६ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको भनी तथ्यांक अध्यावधिक गरेको छ । आधिकारीक जानकारी लिन दाङमा पत्रकारहरूलाई निकै सास्ती भोग्नु परेको छ ।

यस बिषयमा थप जानकारी लिन प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई पटक(पटक फोन सम्पर्क गर्दा समेत फोन उठेन । उपकुलपति भण्डारी संग जानकारी लिन विभिन्न सञ्चारमाध्यमहरूले समेत फोन गर्दा कहिलैं फोन नउठ्ने बताएका छन् । फोन नउठ्नु उपकुलपति भण्डारीको ठुलो समस्या रहेको प्रतिष्ठानकै कर्मचारीहरू समेत बताउछन् ।