आमाको मृत्यु भएको पाँच दिनपछि छोराको पनि कोरोनाबाट मृत्यु
प्रकासित मिति : २०७७ भाद्र १७, बुधबार १३:४३
प्रकासित समय : १३:४३
भक्तपुर, ललितपुरको पाटन अस्पतालमा एक जना भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको छ। पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यका अनुसार गएराति ९ बजे मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो।
पाँच दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि कोरोनाकै कारण पाटन अस्पतालमै मृत्यु भएको थियो । थिमी नगरपालिकाका वडानम्बर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले जानकारी दिए। १५ दिनअघि उनमा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । त्यसपछि आमालाई संक्रमण देखिएको थियो।
प्रजापतिका अनुसार मृतकको परिवारका अन्य ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु होम आइसोलेशनमा छन्।