दाङमा लकडाउन एकदमै कडाई

दाङ, दाङमा कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको आज तेस्रो दिन पनि बजार तथा सडक सुनसान बनेको छ । बजारमा हिडडुल गर्ने मानिसको आवातजावात शुन्य जस्तै रहेको छ भने सडकमा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका छैनन् । पहिलो दिन लकडाउनको पूर्ण पालना भएपनि दास्रो दिनमा लकडाउनको अवज्ञा भएको छ ।

प्रहरीले लकडाउन उल्लघंन गर्ने जिल्लाका विभिन्न स्थानमा ३ सय ३९ जना कारवाही गरेको छ । लकडाउन उल्लघंन गर्ने पुरुषभन्दा महिला धेरै कारवाहीमा परेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काका अनुसार कारवाही पर्नेमा महिला १ सय २७ र पुरुष १ सय १२ जना रहेका छन् ।त्यस्तै प्रहरीले मास्क प्रयोग नगरेको आरोपमा ३७ जनालाई कारवाही गर्दा ३७ सय राजश्व समेत संकलन गरेको छ ।

जसमा ८ जना महिला र २९ जना पुरुषलाई कारवाही गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।त्यस्तै लकडाउन उल्लघंन गरेका आरोपमा मंगलबार प्रहरीले जिल्लाका विभिन्न स्थानमा ६८ वटा सवारीसाधनलाई समेत कारवाही गरेको छ । जसमा मोटरसाइकल ४० वटा, ट्रक, टिप्पर १६ वटा, अटो ८ वटा र टेक्टर ४ वटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ