देउखुरीको राप्ती नदीमा बेबारिसे एक महिलाको शब फेला, सनाखत हुन बाँकी

दाङ , देउखुरीको राप्ती नदीमा एक बेबारिसे महिलाको शब फेला परेको छ । राप्ती गाउँपालिका वार्ड नम्बर २ को राप्ती नदीको कटाहाघाटमा अन्दाजी ४०र४५ बर्षको एक महिलाको शब फेला परेको हो ।

आज बिहान करिब ८ बजे स्थानीय गाउँलेहरू राप्ती नदी किनारमा दाउरा बटुन गएका बेला नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । हरियो बलाउजु, निलो रंगको पेटिकोटको इजारा र निधारमा समान्य चोट लागेको मंगोलियन तथा पहाडिमुलको जस्तो देखिने शब फेला परेका ईला प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारूले जानकारी दिएका छन् ।

शब कुन ठाउँबाट कसरी आईपुग्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सारूले जानकारी दिएका छन् । शबको अहिले सम्म सनाखत हुन नसकेको राप्ती गाउँपालिका वार्ड नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।उक्त शबलाई लमही अस्पतालको शब गृहमा पठाईसकिएको प्रहरीले बताएको छ ।